इन्टरकाे उपाधि होड कायमै

इन्टरकाे उपाधि होड कायमै

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । इन्टर मिलानले सिरी ए फुटबलमा साँघुरो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा इन्टरले भेरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो

खेलको नवौं मिनेटमा इन्टरका क्रिस्टजन अस्लानीले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट गोल गर्ने प्रयास भए पनि निर्धारित समयसम्म भेरोनाले गोल फर्काउन सकेन।

यो जितसँगै इन्टर मिलानले सिरी ए को अंक तालिकामा थप तीन अंक जोडेको छ र उपाधि होडलाई कायमै राखेको छ । इन्टर ३५ खेलमा ७४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यता लिगलिडर नापोलीको समान खेलबाट ७७ अंक छ ।

Logo