च्याम्पियन लिभरपुललाई स्तब्ध पार्दै चेल्सीको शानदार जित

च्याम्पियन लिभरपुललाई स्तब्ध पार्दै चेल्सीको शानदार जित

केन्द्रबिन्दु
63
Shares

काठमाडाैं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले हार व्यहाेरेकाे छ । गएराति स्ट्यामफोर्ड ब्रिजमा भएकाे रोमाञ्चक भिडन्तमा चेल्सीले लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हाे ।

यो नतिजाले घरेलु टोली चेल्सीको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ भने च्याम्पियन लिभरपुलले सिजनको अप्रत्याशित हार व्यहाेर्नुपरेको छ।

खेलको तेस्रो मिनेटमै एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा थप गोल हुन सकेन। दोस्रो हाफको ५६ औं मिनेटमा लिभरपुलका जारेल अमोरिन क्वान्साहले आत्मघाती गोल गरेपछि चेल्सी २-० ले अगाडि बढ्यो।

लिभरपुलले खेलमा फर्कने प्रयास गर्‍यो र ८५ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै स्कोर २-१ मा पुर्‍याए । तर, इन्जुरी समयको छैटौं मिनेटमा कोल पाल्मरले पेनाल्टीमा गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।

यो जितसँगै चेल्सी तालिकाको शीर्ष चारमा उक्लिएको छ भने लिभरपुलले यस सिजनको तेस्रो हार बेहोरेको छ । यद्यपि, लिभरपुलले यसअघि नै लिगको उपाधि जितिसकेको हुनाले यो हारले उनीहरूको उपाधि यात्रामा खासै असर पार्ने छैन।

Logo