पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)को आजको अन्तिम खेलमा बिराटनगर टाइटन्सबिरुद्ध चितवन राइनोजले जित हात पारेको छ । चितवनले ४ विकेटले बिराटनगरलाई पराजित गरेको हो ।
टस जितेर ब्याटिङ् गरेको बिराटनगरले १४६ रनको चुनौती दिएको थियो। बिराटनगरले निर्धारित २० ओभरमा मात्र ५ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
चितवनको जितमा सनी पटेलले नटआउट ५१ रन जोडे भने स्मित पटेलले २१ र आरिफ शेखले ३५ रन जोडे। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानले ४ विकेट लिए भने सुनील धमाला र सहाब अलामले १-१ विकेट लिए।
यो जितसंगै कप्तान पारस खड्काको टिम चितवन दोश्रो चरणमा प्रवेश गरेको छ भने सन्दिप लामिछानेको बिराटनगर प्रतियोगिताबाट बाहिरिएको छ।
यस अघि आजै भएको खेलमा काठमाडौँलाई हराउदै पोखरा पल्टन दोश्रो चरणमा प्रवेश गरेको थियो ।





























प्रतिक्रिया