वर्षाले विथोलेको खेलमा गुजरातले मुम्बईलाई हरायो, प्लेअफ सम्भावना बलियो

वर्षाले विथोलेको खेलमा गुजरातले मुम्बईलाई हरायो, प्लेअफ सम्भावना बलियो

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति वर्षाका कारण पटक–पटक प्रभावित भएको खेलमा गुजरातले मुम्बईलाई डीएलएस मेथडका आधारमा ३ विकेटले पराजित गरेको हो । मुम्बईले गुजरातलाई १ सय ५६ रनको लक्ष्य दिएकामा पानी परेर खेल प्रभावित भएपछि डीएलएसमा गुजरातले १९ ओभरमा १ सय ४७ रनको लक्ष्य पाएको थियो । मुम्बईले दिएको लक्ष्य गुजरातले ७ विकेटको क्षतिमा पूरा गर्‍यो।

गुजरातका लागि कप्तान गिलले ४६ बलमा सर्वाधिक ४३ रन जोडे । साथै रुदरफोर्डले १५ बलमा २८ रन, जोस बटलरले २७ बलमा ३० रन, र कोयट्जेले ६ बलमा १२ रन बनाए।

बलिङमा मुम्बईका जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले समान २ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले ८ विकेट गुमाएर १५५ रन जोडेको थियो । मुम्बईका लागि विल ज्याक्सले ३५ बलमा सर्वाधिक ६३ रनको अधशतकीय इनिङ खेले । त्यसैगरी सूर्यकुमार यादवले २४ बलमा २७, र करबिन बोस्कले २२ बलमा २७ रन जोडे ।

गुजरातका साई किशोरले दुई विकेट लिए।

योसँगै गुजरात ११ खेलमा ८ जित निकालेर १६ अंकसहित शीर्षस्थानमा उक्लिएको को छ । अब उसलाई प्लेअफमा छनोट हुन मात्र एक जित काफी छ । यता चौथो स्थानको मुम्बईको १२ खेलमा १४ अंक छ ।

Logo