काठमाडौं । पेरिस सेन्ट(जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमीफाइनलको दोस्रो लेगमा पीएसजीले आर्सनललाई २-१ ले पराजित गरेको हो। पहिलो लेगमा १-० को जित निकालेको पीएसजीले समग्रमा ३-१ को जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
पीएसजीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्यो। खेलको २७औं मिनेटमा फाबियान रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। त्यसपछि ७२औं मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। आर्सनलका लागि बुकायो साकाले ७६औं मिनेटमा एक गोल फर्काए पनि त्यो पर्याप्त भएन।
पीएसजीले अब च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानको सामना गर्नुपर्नेछ । इन्टरले बार्सिलोनालाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ ।































प्रतिक्रिया