पोखरा प्रिमियर लिग (पीपीएल)को शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ । काठमडौंले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले ९ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको हो ।
बुटवलका लगि रोशन मुस्तफाले सर्वाधिक ६१ रनको योगदान गरे । ब्यास्टम्यान सिद्धान्त लोहनीले १३ रन, भीम सार्कीले १२ रनको , चिराग सुरीले ११ रनको योगदान गरे । काठमाडौंका लागि अमर रौतेलाले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव, बसन्त रेग्मीले समान २ / २ विकेट लिए । गौरव टोमारले १ विकेट लिए ।
यसअघि काठमाडौंले टस जित्दै ब्याटिङ रोजेको पोखरा पल्टनले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको हो । पोखराका लागि ओपनर कुशल भुर्तेलले ३ रनमा र आसिफ शेख २३ रन बनाइ आउट भए । यस्तै इन्दर सिंहले २८ रन, कप्तान शरद भेषवाकरले १४ रन , विनोद भण्डारीले ७ रन , माेहम्मद नभिद ११ रन र रोहित पौडेलले ३१ रनको योगदान गरे ।





























प्रतिक्रिया