काठमाडौं । नेपाली स्टार फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रेन्च महिला लिगमा सानदार ह्याट्रिक गरेकी छन् ।
गएराति भएको खेलमा साम्बा आबद्ध क्लबले एन अभेन्ट गुइगाम्पले सेन्ट-एटिएनलाई ३-२ ले पराजित गर्दै सनसनीपूर्ण जित हासिल गर्यो । खेलमा साम्बा चम्किइन् । उनले खेलको ५७औं, ८५औं र इन्जुरी समयको ९०ं५औं मिनेटमा गोल गर्दै गुइगाम्पलाई जित दिलाएकी हुन् ।
सेन्ट-एटिएनका लागि ५४औं मिनेटमा पिएरे-लुइस र ६१औं मिनेटमा एडेल कोनेसनले गोल गरेपनि भण्डारीको ह्याट्रिकको अगाडि केही लागेन ।
यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोड्दै अंक तालिकामा पुछारमा रहेर सिजनको अन्त्य गरेको छ। यस सिजनमा गुइगाम्पका लागि साम्बाको प्रदर्शन भने समग्रमा राम्रो रह्यो ।





























प्रतिक्रिया