पोखरा । पोखरा पल्टनलाई पराजित गर्दै धनगढी एक्सपर्टस पोखरा प्रिमियर लिग (पीपीएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा धनगढीले उत्कृष्ठ व्याटिङ गरेको हो ।
हारको संघारमा पुगेको धनगढीलाई ब्यूँताउने क्रममा ऐरीले २६ बलमा ४९ रन बनाए । उनले ४ छक्का र ४ चौका हाने । धनगढीको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविस्मरणीय पारी खेलेका हुन् ।
हारेको भए उपाधि होडबाट लगभग बाहिरने अवस्थामा रहेको धनगढीका लागि यो जित निकै महत्वपूर्ण छ । यद्यपि, प्लेअफमा उसको स्थान अझै सुरक्षित भइसकेको छैन । यसका लागि अन्य टिमहरुको नतिजा कुर्नुपर्ने छ ।
धनगढीका लागि पिटर टे्रगोले पनि विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३४ बलको सामाना गर्दै ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, ओपनर शुभेन्दु पाण्डेले २२ रन बनाए ।
बलिङतर्फ पोखराका राशिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेका थिए । त्यस्तै, विक्रम भुसाल र ललितनारायण राजवंशीले समान २-२ विकेट लिए ।
जितसँगै धनगढीले आफ्नो ५ खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको छ भने प्ले अफमा पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । यता, पोखराको पनि शीर्ष तीनमा पुग्ने सम्भावना कायमै रहेको छ ।





























प्रतिक्रिया