काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिक क्लबलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पहिलो लेगमा ३-० गोलको अग्रता लिएको युनाइटेडले समग्रमा ७-१ को जित दर्ता गर्यो ।
गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा एथ्लेटिक क्लबले अग्रता लिएको थियो । मिकेल जौरिगिजारले ३१औं मिनेटमा गोल गरेका थिए ।
तर, दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले सानदार कमब्याक गर्यो । मेसन माउन्टले ७२औं र इन्जुरी समयको पहिलो मिनेटमा दुई गोल गरे। त्यसबीमा कासेमिरोले ७९औं मिनेटमा र होजलुन्डले ८५औं मिनेटमा गोल थपेका थिए ।





























प्रतिक्रिया