काठमाडौं । फिफाको १० वर्षे प्रतिवन्ध अन्त्य भएसँगै फुटबल गतिविधिमा पुनः सक्रिय भएका एन्फा पूर्वअध्यक्ष गणेश थापालाई एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न रोक लगाइएको छ ।
काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको एन्फाको साधारण सभामा पुगेका उनलाई सुरक्षाकर्मीहरुले गेटमै रोकेका हुन् । प्रवेशका लागि पास नभएको भन्दै उनलाई रोकेपछि तनाव सिर्जना भएको छ । आफूलाई रोकेपछि पूर्व अध्यक्ष थापाले ‘कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो’ भन्दै आक्रोश पोखेका छन् ।































प्रतिक्रिया