पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा जारी पहिलो खेलमा अहिले काठमाडौं रोयल्सले चितवन राइनोजले दिएको १५० रनको लक्ष्य पछ्याई रहेको छ।
टस हारेर पहिलो ब्याटिङ गरेको चितवनका हरिशंकर शाहको अर्धशतक प्रहार गरे । उनले ३ छक्का र ५ चौकासहित ६० रन बनाए । पारस खड्काले १४ बलमा एक छक्काको सहयोगले १४ रन मात्रै जोड्न सके । यस्तै स्मिथ पटेलले ३१, अनिलकुमार साहले २७ रन जोडे।
बलिङतर्फ काठमाडोंका वसन्त रेग्मी दुई विकेट लिए । यसैगरी पवन सर्राफ, नन्दन यादवले एक–एक विकेट लिए ।





























प्रतिक्रिया