काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्डमा हुने सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ । पछिल्लोसमय यो पदमा कसैलाई राखिएको थिएन । तर योपटक ऐरीको नाम किटान गरिएको हो । हुन त उनी यसअघि ज्ञानेन्द्र मल्लको पालामा पनि उपकप्तान नै थिए । तर, विवादका कारण हटाइएको थियो ।
नेपालकाे टोली-
रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।
क्यानले लिग-२ अन्तर्गत सिरिजपछि हुने टि२०आई सिरिजका लागि ३ खेलाडीको नाम पनि राखेकाे छ । ब्याटर किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह टोलीमा छन् ।
लिग-२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।






























प्रतिक्रिया