काठमाडौं । इटालियन लिग सिरी ए को खेलमा लाजियो र युभेन्टसले बराबरी खेलेका छन् । स्टेडियो ओलम्पिकोमा भएको यो खेल १-१ को बराबरीमा रोकिएको हो ।
खेलको ५१औं मिनेटमा युभेन्टसका रान्डल कोलो मुआनीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, लाजियोले खेलको इन्जुरी समयमा गोल फर्कायो । माटियास भेसिनोले उत्कृष्ट गोल गर्दै अंक बाँडेका हुन् ।
खेलको ६०औं मिनेटमा युभेन्टसका पिएर कालुलुले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो। यसको बाबजुद लाजियोले खेलको अन्तिम समयसम्म गोल गर्न संघर्ष गर्नुपर्यो।
यो बराबरीले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्ने प्रयासमा रहेका दुवै टोलीलाई धक्का पुगेको छ । युभेन्टस लिग तालिकामा ६४ अंकसहित चौथो स्थानमा छ भने लाजियो पनि समान अंकसहित पाँचौं स्थानमा छ ।





























प्रतिक्रिया