काठमाडौं । इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले आर्सनलसँग बराबरी खेलेको छ । गएराति एनफिल्डमा भएको खेलमा घरेलु टोली र आर्सनल २(२ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको सुरुवाती समयमा लिभरपुलले लगातार दुई गोल गर्दै खेलमा पकड बनाएको थियो। २०औं मिनेटमा कोडी गाक्पो र २१औं मिनेटमा लुइस डियाजले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाएका थिए। तर आर्सनलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो।
४७औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि ७०औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
यस बराबरीसँगै यसअघि नै च्याम्पियन भइसकेको लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । लिभरपुलको ३६ खेलमा ८३ अंक छ । यता आर्सनल ६८अंकसहित दोस्रो स्थानमा यथावत् छ ।





























प्रतिक्रिया