स्याङजा । नेपालमा भोलीदेखि प्याराग्लाइडिङको विश्वकप आयोजना हुँदैंछ । भीरकोटको स्वरेकमा बिहीबारदेखि पाराग्लाइडिङको एक्युरेसी विश्वकप हुन लागेको हो । "/>

भोलिदेखि नेपालमा प्याराग्लाईडिङको विश्वकप हुँदैं

भोलिदेखि नेपालमा प्याराग्लाईडिङको विश्वकप हुँदैं

केन्द्रबिन्दु
0
Shares

स्याङजा । नेपालमा भोलीदेखि प्याराग्लाइडिङको विश्वकप आयोजना हुँदैंछ । भीरकोटको स्वरेकमा बिहीबारदेखि पाराग्लाइडिङको एक्युरेसी विश्वकप हुन लागेको हो । नेपाल पाराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पाराग्लाइडिङमा नेपालले रजत पदक जितेको थियो । स्याङ्जामा प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी विश्वकप आयोजना गर्न लागिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिता कात्तिक १९ सम्म चल्नेछ ।

मैदानबाट उडेको ग्लाइडरले डौवाफाँटमा ल्यान्डिङ गर्नेछन् । पुरुष र महिला एकल र टिम एक्युरेसी गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, बेलायत, जापान, दक्षिण्न कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

विश्वका २० देशका ९४ खेलाडीले प्रतियोगितामा भाग लिनेछन् । विश्वकपका लागि प्रमुख जज बेलग्रेड र इन्डोनेसियाबाट आउने छन् । खेल ६ चरणको हुनेछ । तोकिएको घेराभित्र ल्यान्डिङ गर्नुपर्ने हुन्छ । सबै चरणको प्रदर्शनपछि विजेता चयन हुनेछ ।

व्यक्तिगतर्फ विजेताले एक हजार युरो, दोस्रोले ७ सय ५० युरो र तेस्रो हुनेले ५ सय युरो जित्नेछन् । टिमतर्फ विजेताले १५ सय युरो, दोस्रोले १२ सय र तेस्रो हुनेले ७ सय युरो पाउने आयोजकले जनाएको छ ।

 

Logo