स्याङ्जा

प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता गर्ने अवसर पाएको स्याङ्जाले तयारी तीव्र पारेको छ । "/>

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकपको तयारी अन्तिम चरणमा

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकपको तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा

प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता गर्ने अवसर पाएको स्याङ्जाले तयारी तीव्र पारेको छ । ‘फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ प्रतियोगिता सुरु हुन दुई दिन मात्र बाँकी रहँदा खेलाडी र पाहुनाका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ । नेपालमै पहिलो पटक हुन लागेको विश्वकपका लागि भीरकोट नगरपालिका– ५ स्वरेक मैदान तयार पारिएको छ ।

सन् २०२० नेपाल भ्रमण वर्षमा साहसिक खेलमा वृद्धि गर्नुका साथै आँधीखोला भ्यालीलाई हवाई रंगशाला बनाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नु नै विश्वकप आयोजनाको मुख्य उद्देश्य रहेको आयोजक समितिका सदस्य अनन्तकुमार श्रेष्ठले जानकारी दिए । नेपाल प्याराग्लाइडिङ ह्याङग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संघ र बाबु एड्भेन्चर क्लब भीरकोटको संयुक्त आयोजनामा विश्वकप हुन लागेको हो ।

विश्वकप प्रतियोगिता व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको संयोजकत्वमा मूल व्यवस्थापन समिति, सल्लाहकार समिति र विभिन्न जिम्मेवारी सहितका समिति गठन गरिएको छ ।

युरोप र एसियाका महिला तथा पुरुष सहभागी हुने प्याराग्लाइडिङ एक्युरेसी विधामा विश्वकप हुँदैछ । पुरुष एकल, महिला एकल, पुरुष समूह र महिला समूह गरी चार विधामा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा बेलायत, फ्रान्स, इन्डोनेसिया, भारत, अमेरिका, अस्ट्रिया स्पेन, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, कोरिया, क्यानडा, जापान लगायत २० राष्ट्रका ९४ प्याराग्लाइडर बीच प्रतिस्पर्धा हुने विश्वकपका परियोजनाकार सानुबाबु सुनुवारले जानकारी दिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo