काठमाडौं । स्पेनिस लिग ला लिगामा सेल्टा भिगोले रोमाञ्चक जित दर्ता गरेको छ । गएराति भएको खेलमा सेल्टा भिगोले रियल सोसियडाडलाई १-० ले पराजित गरेको हो ।
यल एरिनामा भएको खेलको एकमात्र गोल पहिलो हाफको अन्त्यतिर ४४औं मिनेटमा अल्फोन्सो गोनजालेजले गरेका थिए, जसले सेल्टा भिगोलाई जित दिलायो।
पहिलो हाफमा दुवै टिमले बलियो प्रदर्शन गरे, तर रियल सोसियडाडले बनाएका अवसरहरूलाई गोलमा परिणत गर्न सकेन। गोनजालेजको सुन्दर गोल खेलको निर्णायक क्षण बन्यो।
यो जितसँगै सेल्टा भिगो ३६ खेलमा ५२ अंक बटुल्दै तालिकाको सातौं स्थानमा छ । यता रियल सोसियडाड ४३ अंकसहित १२औं स्थानमा छ ।





























प्रतिक्रिया