काठमाडौं । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ । गएराति भएको खेलमा रियलले मलोर्कालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ११ औं मिनेटमा मलोर्काका मार्टिन भ्यालेन्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा रियल म्याड्रिडले पुनरागमन गर्न सफल भयो । खेलको ६८ औं मिनेटमा केलियन एमबाप्पेले रियल म्याड्रिडका लागि बराबरी गोल फर्काए।
त्यसपछि खेलको निर्धारित समय सकिएपछि थपिएको इन्जुरी समयको पाँचौं मिनेटमा जाकोबो रामोनले गोल गर्दै रियल म्याड्रिडलाई महत्वपूर्ण जित दिलाएका हुन् ।
यो जितसँगै रियल म्याड्रिडले ला लिगा उपाधिको आशा अझै कायमै राखेको छ । ३६ खेलमा ७८ अंकसहित रियल दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना ८२ अंकसहित शीर्ष स्थानमा छ । यता मलोर्का ४७ अंकसहित नवौं स्थानमा छ ।





























प्रतिक्रिया