महिला टी-२० विश्वकप छनोटमा नेपालले बहराइनको सामना गर्दै, जित्नै पर्ने दबाब

महिला टी-२० विश्वकप छनोटमा नेपालले बहराइनको सामना गर्दै, जित्नै पर्ने दबाब

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप एसिया छनोटअन्तर्गत बिहीबार हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ ।

आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ ।

यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो । नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

Logo