पीपीएल: लगातार दोश्रो जित निकाल्दै बुटवल ब्लास्टर शिर्षस्थानमा

पीपीएल: लगातार दोश्रो जित निकाल्दै बुटवल ब्लास्टर शिर्षस्थानमा

केन्द्रबिन्दु
0
Shares

पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) अन्तर्गत बुटवल ब्लास्टरले दोश्रो जित दर्ता गराएको छ ।

पोखरा पल्टनलाई १ सय ५१ रनको लक्ष्य दिएको ब्लास्टरले ३३ रनले जित हात पारेको हो  । पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रनमा समेटिएको थियो।

यस अघि आफ्नो पहिलो खेलमा बुटवल ब्लास्टरले पारस खड्काको टिम चितवन् राईनोजलाई ७० रनले पराजित गरेको थियो । जितसँगै बुटवल पीपीएलमा चार अंकका साथ शीर्ष स्थानमा छ।

आजै भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा सोमबार बिहान विराटनगर टाइटन्सविरुद्ध हुलास काठमाडौं रोयल्स र दिउँसो चितवन रोयल्सविरुद्ध पोखरा पल्टन मैदान उत्रनेछन्।

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

 विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Logo