एटलान्टाको रोमाञ्चक जित

एटलान्टाको रोमाञ्चक जित

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबल लिगअन्तर्गत एटलान्टाले रोमाञ्चक जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा जेनोआलाई एटलान्टाले ३-२ को संघर्षपूर्ण जित हात पारेको हो ।

जेनोआका आन्द्रेया पिनामोन्टीले खेलको ३७औं र ५८औं मिनेटमा दुई गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर, एटलान्टाले हार नमानी उत्कृष्ट पुनरागमन गर्‍यो।

एटलान्टाका लागि इब्राहिम सुलेमानाले खेलको ४७औं मिनेटमा पहिलो गोल फर्काए । त्यसपछि खेलको ६३औं मिनेटमा ड्यानियल माल्डिनीले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

खेल बराबरीतर्फ धकेलिएको बेला एटलान्टाका माटेओ रेटेगुईले खेलको ८९औं मिनेटमा निर्णायक गोल गरे । रेटेगुईको यो गोलसँगै एटलान्टाले जेनोआको घरेलु मैदानमा महत्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो।

एटलान्टा ३७ खेलमा ७४ अंकसहित लिगको तेस्रो स्थानमा छ ।

Logo