काठमाडाैं । पीएसएल २०२५ को पुनरागमनको खुशियालीमा इनिङ्स ब्रेकमा भएको आतिशबाजीलाई मैदानको प्रदर्शनले झनै राेमाञ्चक बनाइदिएकाे छ । शनिबार राति भएकाे उच्च स्कोरको रोमाञ्चक भिडन्तमा कराँची किंग्सले पेशावर जाल्मीलाई २३ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हाे । खेलमा कराँचीले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको पेशावर २१४ रनमै समेटियो।
रावलपिण्डीको पिच टी-२० क्रिकेटमा डेभिड वार्नरले ५० बलमा ८६ रनको उत्कृष्ट पारी खेले र उनलाई अन्य ब्याटरले पनि राम्रो साथ दिए। यद्यपि, पेशावरका कप्तान बाबर आजमले ४९ बलमा ९४ रनको शानदार पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
खेलको पहिलो बलमै पेशावरले बेन म्याकडर्मोटको विकेट गुमाएको थियो। तर त्यसपछि वार्नर र जेम्स भिन्सले प्रतियोगिताको पहिलो लेगकै लयलाई निरन्तरता दिँदै जाल्मीका बलरमाथि दबाब बनाए । लुक वुडले पावरप्लेमा तीन ओभरमा १४ रन खर्चेर १ विकेट लिए पनि अन्य बलरले भने अर्को छेउबाट दबाब कायम राख्न सकेनन्। पहिलो ६ ओभरमा ४३ रन बन्यो।
अन्तिम दुई ओभरमा जाल्मीका बलरले पूर्ण रूपमा लय गुमाएपछि कराँचीले विशाल स्कोर बनायो । खराब बलिङ गरेका राजाले १९औं ओभरमा नो-बलसहित धेरै रन दिए। खुश्दिल शाह र मोहम्मद नाबीले लगातार छक्का प्रहार गरे भने डानियालको अन्तिम ओभरमा दुई चौका र दुई छक्कासहित २६ रन बन्यो। खुश्दिलले मात्र १५ बलमा अविजित ४३ रन बनाए भने राजा र डानियालले मिलेर ८ ओभरमा १२६ रन खर्चिए।
पेशावरबाट जवाफी ब्याटिङमा बाबर र आयुबले दोस्रो विकेटका लागि आक्रामक साझेदारी गरे। पावरप्लेमा जाल्मीले ५९ रन जोड्यो र त्यस समयमा उनीहरू कराँचीभन्दा अगाडि थिए। खेलको १९औं ओभरसम्म उनीहरू अगाडि नै रहे, तर लगातार बढ्दो रनरेटको दबाबले उनीहरूलाई जितसम्म पुग्न दिएन। आयुबले अर्धशतक बनाउन ३ रनले चुके पनि उनको लयमा फर्किनु सकारात्मक संकेत थियो भने बाबरले उत्कृष्ट ब्याटिङ गरे। तर पहिलो इनिङ्समा बनेको अतिरिक्त रनले लक्ष्य पछ्याइरहेको टोलीलाई जितभन्दा पनि हारको नजिक पुर्यायो।
खेलमा फर्कने पहिलो संकेत अब्बास अफ्रिदीले दिए, जब उनले आयुबलाई ४७ रनमा आउट गरे। त्यसपछि आएका टम कोहलर-क्याडमोरले दोस्रो बलमै छक्का प्रहार गरे पनि उनको इनिङ्स भने लयमा देखिएन। उनले कप्तान बाबरसँग ६२ रनको साझेदारी गरे पनि १५ बलमा मात्र २० रन बनाउन सके। अर्कोतर्फ, बाबरले भने उत्कृष्ट ब्याटिङ गर्दै वार्नरको स्कोरलाई उछिनेर ४५ बलमा ८७ रन बनाएका थिए।
तर त्यसपछिका ११ बलमा तीन विकेट गुमेपछि खेल कराँचीको पक्षमा ढल्किएकाे थियाे । मिर हमजाले कोहलर-क्याडमोरलाई आउट गरे भने अफ्रिदीले म्याक्स ब्रायन्टलाई पवेलियन फर्काए। त्यसको तीन बलपछि बाबर रन लिने प्रयासमा रनआउट भए र आफ्नो शतक बनाउन ६ रनले चुके।
अन्तिम दुई ओभरमा जाल्मीले २८ रन जोडे पनि कराँची किंग्सले जित हासिल गर्दै लाहोरमा हुने प्लेअफमा आफ्नो स्थान पक्का गरेकाे छ । यता पेशावर जाल्मी भने आइतबार राति लाहोर कलन्दर्सविरुद्धको खेल जित्नैपर्ने दबाबमा हुनेछ।































प्रतिक्रिया