पीपीएल टी–२०: पोखरा पल्टनलाई १९८ रनको बिशाल चुनौती

पीपीएल टी–२०: पोखरा पल्टनलाई १९८ रनको बिशाल चुनौती

केन्द्रबिन्दु
0
Shares

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन खेलमा बिराटनगर टाइटन्सले पोखरा पल्टनलाई १९८ रनको बिशाल चुनौती दिएको छ ।

टस हारेर ब्याटिंग गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रन बनाएको हो  । खेलमा आसिफ शेखले सर्बाधिक ५२ रन जोडे भने रबिन्द्र सिंहले ४४ रन जोडे । त्यस्तै कुशल भुर्तेलले ३८ तथा बिंडो भण्डारीले आक्रामक पारी खेल्दै ११ बलमै ४१ रन जोडे ।

बलिंगतर्फ सन्दिप लामिछानेले २ तथा शाहव आलमले १ विकेट लिए । विराटनगर टाइटन्स सन्दीप लामिछानेकाे कप्तानीमा रहेकाे छ भने पोखरा पल्टन शरद् भेषावकरकाे कप्तानीमा रहेकाे छ ।

अहिले बिराटनगरले जवाफी ब्याटिंग सुरु गरेको छ ।

Logo