काठमाडौं । नेपालले साफ यु १५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । "/>

साफ यु १५ फुटबलः नेपालको शानदार सुरुवात, माल्दिभ्स ४-० गोलले पराजित

साफ यु १५ फुटबलः नेपालको शानदार सुरुवात, माल्दिभ्स ४-० गोलले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालले साफ यु १५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपालका लागि जान लिम्बु, नमस थापा मगर, सशांक बोहरा र दिपेश राईले गोल गर्दै जित दिलाएका हुन् । सुरुवातदेखि नै माल्दिभ्समाथि हावी भएको नेपालले खेलको २८ औं मटमा अग्रता लियो ।

त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा पाकिस्तानले भारतलाई २-१ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगितामा आयोजक नेपालसहित ६ राष्ट्रको सहभागिता रहेका छन् । समूह ए मा आयोजक नेपालसँगै बंगलोदश र माल्दिभ्स रहेका छन् । समूह बि मा भने भारत, भुटान र पाकिस्तान रहेका छन् ।

Logo