बार्सिलोनाका स्टार अन्सु फाती मोनाको जाने

बार्सिलोनाका स्टार अन्सु फाती मोनाको जाने

केन्द्रबिन्दु
48
Shares

काठमाडाैं । बार्सिलोनाका स्टार अन्सु फाती फ्रेन्च क्लब मोनाको जाने तयारीमा लागेका छन् । यसको औपचारिक घोषणा मंगलबार हुने अपेक्षा गरिएको स्पेनी प्रेस रिपोर्टहरूले जनाएकाे छ ।

मोनाकोले फातीलाई किन्न सक्ने विकल्पसहित ऋणमा अनुबन्ध गर्ने सम्झौतालाई अन्तिम रूप दिएको बताइएको छ।

फातीको बार्सिलोनामा करियर निकै आशाजनक रूपमा सुरु भएको थियो, तर पछिल्ला सिजनहरूमा उनको प्रदर्शनमा उल्लेखनीय गिरावट आएको छ । लाेनमा ब्राइटन पुगेका उनले त्यहाँ पनि राम्राे प्रदर्शन गर्न सकेनन् । अब मोनाकोमा सरेपछि युवा फरवार्डलाई नयाँ सुरुवात र आफ्नो लय फिर्ता ल्याउने अवसर मिल्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo