काठमाडौं । रसियामा भएको युरोपियन हाप्किडो च्याम्पियनसिपमा नेपालका तर्फबाट भाग लिएका प्रदीप थापाले काँस्यपदक दिलाएका छन् । गएको शनिवार भएको खेलमा प्रदीपले ७२ केजी तौल समुहमाथि काँस्यपदक हात पार्न सफल भएको हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिए ।
समुह चरणका खेलमा सफलता हात पारेका प्रदीप सेमिफाइनलमा भने घरेलु खेलाडिसँग पराजित भए । काँस्यपदक हात पारेका प्रदीपले खेलका माध्यामबाट राष्ट्रलाई केहि दिन सकेकोमा आफु खुसि भएको बताए ।
द युनियन अफ हाप्किडो फेडेरेसन रसियाको आयोजनामा सेन्ट पिटर्सवर्गमा भएको च्यम्पियनसिपमा काँस्य जितेका प्रदिपले नेपाललाई पहिलो पटक हाप्किडोमा अन्तर्राष्टिय पदक दिलाउन सफल भएका हुन् ।
अमेरिका, भारत, रसिया लगायतका एक दर्जन भन्दा धेरै राष्ट्र सहभागि प्रतियोगिता अल स्टाइल स्पोटर्समा भएको थियो । च्याम्पियनसिपमा नेपालका तर्फबाट संघका प्रमुख प्रशिक्षक लानम लामा र टीम व्यावस्थापक दीपेन्द्र तामाङ रहेका थिए । खेल यहि १२ अक्टोबर देखि १३ अक्टोबर सम्म चलेको थियो ।





























प्रतिक्रिया