काठमाडौं । स्पेनिस ला लिगा क्लब रियल म्याड्रिड लगातार चौथो वर्ष विश्वको सबैभन्दा मूल्यवान फुटबल टोलीको सूचीमा शीर्ष स्थानमा रहेको छ । व्यापार पत्रिका फोर्ब्सले रियलको मूल्यांकन ६.७५ बिलियन डलर रहेको जनाएको छ।
फोर्ब्सले प्रकाशित गरेको रिपोर्ट अनुसार, २०२३-२४ सिजनमा १.१३ बिलियन डलरको कीर्तिमानी राजस्व प्राप्त गरेपछि एकै वर्षमा एक बिलियन डलर आम्दानी गर्ने पहिलो फुटबल क्लब बनेको छ ।
एनएफएल टोली डलास काउबोइजपछि १०-अंकको सीमा पार गर्ने इतिहासको दोस्रो खेलकुद टोली रियल म्याड्रिड एकै सिजनमा १ बिलियन युरो (१.०४ बिलियन डलर) राजस्व दर्ता गर्ने पहिलो फुटबल टोली बनेको हाे ।
फोर्ब्सको सूचीमा इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड ६.६ बिलियन डलरको मूल्यांकनका साथ दोस्रो स्थानमा छ ।
रियलका ला लिगा प्रतिद्वन्द्वी बार्सिलोना ५.६५ बिलियन डलर मूल्यांकनका साथ तेस्रो स्थानमा छन् भने लिभरपुल र म्यानचेस्टर सिटी क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन्।
फोर्ब्सले शीर्ष १० सबैभन्दा मूल्यवान टोलीहरूमध्ये बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मेनपछि आर्सनल, टोटेनह्याम हटस्पर र चेल्सीसहित छवटा प्रिमियर लिग टोलीहरूलाई सूचीमा राखेको छ ।





























प्रतिक्रिया