काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध नेपालको सुरुवाती प्रदर्शन फितलो बनेको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएका स्कटल्यान्डले पहिलो पावर प्ले अर्थात् पहिलो १० ओभरको खेल सकिँदा मात्र एक विकेटको क्षतिमा ६३ रन जोडेको छ । क्रिजमा ओपनर चार्ली टियरले २८ बलमै ३५ रन जोडिसकेका छन् । उनको साथमा ब्राण्डन म्याकमुलन छन् । यसअघि नेपालले अर्का ओपनर जर्ज मुन्सेलाई १२ रनमा पवेलियन फर्काएको थियो । उसको विकेट रिजन ढकालले लिएका हुन् ।
हालसम्म नेपाल र स्कटल्यान्डबीच आठ एकदिवसीय अन्तरराष्ट्रिय खेल भएको थियो । जसमा नेपालले चार र स्कटल्यान्डले तीन खेलमा जित निकालेका थिए । एक खेल भने नजिताविहीन भएको थियो । विश्वकप लिग–२ मा नेपाल १२ खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ भने स्कटल्यान्ड १६ खेलबाट २० अङ्क जोडेर चौथो स्थानमा छ ।
आजको खेलमा नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्रसिह ऐरी, भीम सार्की, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, सन्दीप लामिछाने, गुल्शन झा, सोमपाल कामी, करण केसी र रिजन ढकाल रहेका छन् ।































प्रतिक्रिया