पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी बाहिरियाे

पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी बाहिरियाे

केन्द्रबिन्दु
132
Shares

काठमाडाैं । पोर्चुगल नेसन्स लिगको फाइनलमा प्रवेश गरेकाे छ । गएराति भएकाे सेमिफाइनल खेलमा जर्मनीलाई २-१ ले पराजित गर्दै पोर्चुगलले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हाे ।

जर्मनीले मध्यान्तरपछि तुरुन्तै गोल गर्दै खेलमा अग्रता लिएको थियो। खेलको ४८ औं मिनेटमा फ्लोरियन विर्ट्जले गोल गर्दै जर्मनीलाई अगाडि बढाएका थिए।

तर, पोर्चुगलले पुनरागमन गर्न सफल भयाे । फ्रान्सिस्को कन्सेसाओले ६३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको पाँच मिनेटपछि नै, ६८ औं मिनेटमा, फुटबलका स्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

यो जितसँगै पोर्चुगल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । यता जर्मनी तेस्रो स्थानका लागि प्लेअफ खेल्नेछ।

Logo