आईसीसी विश्वकप टी-२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम खेलमा आज नेपाल र सिंगापुर खेल्दै छन् ।
नेपाली समय अनुसार दिउँसो १२ :१५ बजे मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुनेछ। नेपाल र सिंगापुर दुवै प्रतियोगितामा अपराजित रहँदै समान ५ खेलमा समान १० अंक निकाल्दै छनोट भएका छन्।अंक तालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् । यस प्रतियोगिताबाट शीर्ष तीन टिमले अर्को चरणमा स्थान बनाउने छ ।
यस अघि नेपाल र सिंगापुर टी-२० क्रिकेटमा २ पटक खेलेको छ। यी दुबै खेलमा नेपाल विजयी भएको छ। त्यस्तै सन् २०१३ मा काठमाडौंमा भएको एसीसी टि-२० कपमा सिंगापुरबीरुद्ध बनाएको २ सय १० रन नै नेपालले टी–२० मा बनाएको उच्च रन हो ।





























प्रतिक्रिया