नेदरल्याण्ड्समाथि लगातार दोस्रो जितको खोजीमा नेपाल

नेदरल्याण्ड्समाथि लगातार दोस्रो जितको खोजीमा नेपाल

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्ससँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल आज जित दर्ता गर्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेको थियो । हालसम्म सिरिजमा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबार भने २ रनको हार व्यहोरेको थियो । यता नेदरल्याण्ड्स भने सिरिजमा जितविहीन छ ।

हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ६ खेलमध्ये ३ खेल नेपालले जितेको छ भने ३ खेल नेदरल्याण्ड्सलाई सुम्पेको छ । लिग २ को अंकतालिकामा २२ खेलबाट २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ ।

कुल ३६ खेल खेल्दा ८ देश सहभागी यस लिग २ मा शीर्ष चारमा रहन सके २०२७ मा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Logo