नेदरल्याण्ड्सविरुद्ध संकटमा नेपाल, कप्तान पौडेल पनि आउट

नेदरल्याण्ड्सविरुद्ध संकटमा नेपाल, कप्तान पौडेल पनि आउट

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालको खराब लय जारी छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । २४.३ ओभरमा ३५ रन बनाएर उनी आउट भएका हुन् । ६० बल खेलेका उनले एक छक्का प्रहार गरेका थिए ।

नेपालको यो चौथो विकेट पतन हो । नेपालले हाल १०८ रन जोडेको छ ।

Logo