काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनल खेल आजबाट सुरु भएको छ । इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
२०२३ देखि २०२५ सम्मको विश्व टेस्ट च्याम्पियनसिप साइकलमा शिर्ष स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको अस्ट्रेलिया फाइनलमा खेल्न लागेका हुन् ।
विश्व टेस्ट च्याम्पियनसिपको शुरुवात २०१९ देखि भएको थियो । २०२१ मा पहिलो संस्करणको फाइनलमा भारतलाई हराउँदै न्यूजील्याण्डले उपाधि उचालेको थियो । २०२३ मा दोस्रो विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको थियो । यसपटक भारत तेस्रो रह्यो ।
प्लेइङ ११-
अस्ट्रेलिया: उस्मान ख्वाजा, मार्नस लबुशेन, स्टिभ स्मिथ, ट्राभिस हेड, क्यामरन ग्रीन, बियु वेब्स्टर, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, नाथन लायन, जोश हेजलवुड ।
दक्षिण अफ्रिका: एइडेन मार्करम, रायन रिकेलटन, ट्रिस्टन स्टब्स, टेम्बा बाभुमा (कप्तान), डेविड बेडिङहाम, काइल भेरेन (विकेटकिपर), वियान मुल्डर, मार्को जानसेन, केशव महाराज, कागिसो रबाडा, लुंगी एन्गिडी ।





























प्रतिक्रिया