सेनेगलले इंग्ल्याण्डलाई हरायाे

सेनेगलले इंग्ल्याण्डलाई हरायाे

केन्द्रबिन्दु
54
Shares

काठमाडाैं । सेनेगलले मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डलाई पराजित गरेकाे छ । बुधबार भएकाे खेलमा सेनेगलले इंग्ल्याण्डलाई ३-१ ले पराजित गर्दै सबैलाई चकित पारेको हाे ।

इंग्ल्याण्डले खेलको राम्रो सुरुवात गरेको थियो, कप्तान ह्यारी केनले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ४०औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगलका लागि बराबरी गरे, जसले गर्दा हाफ टाइममा दुवै टोली बराबरीमा थिए।

६२औं मिनेटमा हबीब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाए भने चेख सबालीले इन्जुरी टाइममा गोल गर्दै सेनेगललाई सहज जित दिलाएका हुन् ।

सेनेगल सन् २०२४ को जनवरीदेखि अपराजित छ । टोली पछिल्लोपटक सन् २०२३ मा सम्पन्न अफ्रिका कप अफ नेसन्सको अन्तिम–१६मा आइभोरी कोस्टसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

Logo