टी २०आई सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

टी २०आई सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी २०आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।

खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ।

नेपाल आज नेदरल्यान्ड्सलाई हराउँदै सिरिजको सुखद् सुरुवात गर्न चाहन्छ । तर, यता पहिलो खेलमा हार व्यहोरिसकेको नेदरल्यान्ड्स आज जितको खोजीमा हुनेछ ।
आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएका टी २०आई खेलहरूमा ७ खेल नेदरल्यान्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन छ।

Logo