काठमाडौं । नेपालले टी-२० विश्वकपको एसिया छनोट ‘बी’ मा नेपालले थाइल्याण्डमाथि सानदार जित निकालेको छ । वर्षाले प्रभावित खेलमा नेपालले थाइल्याण्डमाथि डीएल मेथडका आधारमा १४० रनको फराकिलो जित हात पारेको हो ।
लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर मात्र १८ रन बनाउँदा पानी परेको थियो ।
सन्दीप लाछिछाने एक्लैले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिए । करण केसीले ३ विकेट लिए । १.५ ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।
यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक ४० रनको योगदान दिए । करनले १४ बलमा ४० रन जोडेर नट आउट रहे । त्यस्तै सरद भेषवाकरले २८ बलमा ३४ रन जोडे । ओपनर व्याट्सम्यान अनिल कुमार साहले १७ बलमा २५ रन जोडे । अर्का ओपनर व्याट्सम्यान विनोद भण्डारीले ८ बलमा १५ रनको योगदान दिए ।
दिपेन्द्रसिंह ऐरी, २६ बलमा ३० रन, आरिफ सेख ९ बलमा ८ रन, कप्तान पारस खड्का ७ बलमा ५ रन, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ बलमा ७ रन बनाएर आउट भए । भने ४ बलमा ४ रन जोडेका सोमपाल कामी नट आउट रहे । करण म्यान अफ दि म्याच बने ।





























प्रतिक्रिया