काठमाडौं । टि-ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले उत्कृष्ट प्रर्दशन गरिरहेको छ । थाईल्याण्डसँगको खेलमा नेपालले ४ ओभरमा ३ विकेट लिएको छ ।
१ सय ७३ रनको लक्ष्य पछ्याईरहेको थाईल्याण्डले पहिलो ओभरमा नै ओपनर व्याट्सम्यान डिएफ जाकोबसलाई गुमाएको छ । उनलाई ललितराज बंशीले स्टम्प आउट गरे । त्यस्तै दोस्रो ओभरमा एमडी साफीक्युल सुन्य रनमै आउट भए । उनलाई सन्दीप लामिछानेले बोल्ड गरेका हुन् । सन्दीपले नै चौथो ओभरको दोस्रो बलमा तेस्रो विकेट लिए ।































प्रतिक्रिया