काठमाडौंं । श्रीलंकाका उत्कृष्ट अलराउन्डर एन्जेलो म्याथ्यूजले रातो बल क्रिकेटबाट विश्राम लिने घोषणा गरेका छन् ।
मंगलबारदेखि सुरु बंगलादेशविरुद्धको दुई टेस्ट शृंखलाको पहिलो खेलपछि म्याथ्यूजले टेष्ट त्रिकेटबाट सन्यास लिएका हुन् । संयोग नै मान्नुपर्छ कि उनले आफ्नो टेस्ट करियर गाले स्टेडियमबाट सुरु गरेका थिए । एन्जेलोले कुल ११८ टेस्ट म्याच खेल्दै ४४.६ को औसत र ४८.५ को स्ट्राइक रेटमा ८ हजार १ सय ६७ रन बनाएका छन् ।
८ हजार १ सय ६७ रन बनाउने क्रममा म्याथ्यूजले १६ शतक र ४५ अर्धशतक प्रहार गरेका थिए । टेष्टमा म्याथ्यूजको उच्च स्कोर २०० रन हो, जुन उनले सन् २०११ मा भारतविरुद्ध बनाएका थिए । यसैगरी बलिङतर्फ, म्याथ्यूजले ८६ इनिङ्समा २.७१ को इकोनोमी रेटमा ३३ विकेट लिएका छन् ।
म्याथ्यूजको करियरको सबैभन्दा सम्झनलायक क्षण सन् २०१४ मा इंग्ल्याण्डविरुद्ध लिड्समा भएको थियो । यो टेस्टमा म्याथ्यूजले ब्याटिङतर्फ १६० रनको शानदार पारी खेल्नुका साथैं बलिङतर्फ ४४ रन दिएर ४ विकेट लिन सफल भएका थिए । सन् २०१० मा भारतविरुद्ध यही मैदानबाट टेस्ट क्रिकेटमा डेब्यू गरेका म्याथ्यूजले यही मैदानमा आफ्नो १०औं टेस्ट पनि खेलेका थिए ।































प्रतिक्रिया