काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपमा विजयी सुरुवात गरेकाे छ ।
गएराति सम्पन्न समूह ‘जी’ को खेलमा सिटीले मोरक्कोको वायदाद एसीलाई २-० ले पराजित गरेकाे हाे । खेलको दोस्रो मिनेटमै फिल फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए। त्यसपछि, जेरेमी डोकुले ४२ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
खेलको ८८ औं मिनेटमा सिटीका रिको लेविस राताे कार्ड खाँदै बाहिरिए । तर थप गाेल हुन नसक्दा सिटी विजयी बन्याे । यो जितसँगै म्यानचेस्टर सिटीले समूह चरणमा महत्वपूर्ण ३ अंक जोडेको छ।





























प्रतिक्रिया