काठमाडौं । च्याम्पियन्स लिग विजेता फ्रान्सेली महारथी पेरिस सेन्ट-जर्मेन (पीएसजी)ले फिफा क्लब विश्वकपमा नमिठो हार व्यहोरको छ । भर्खरै सम्पन्न समूह बी अन्तर्गतको खेलमा पीएसजी ब्राजिलियन क्लब बोटाफोगोसँग १-० गोल अन्तरले पराजित भएको हो ।
खेलको एक मात्र निर्णायक गोल बोटाफोगोका लागि ३६ औं मिनेटमा इगोर जेससले गरेका थिए । जेससले उत्कृष्ट तालमेलमा आएको पासलाई जाली चुमाउँदै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा पछि परेको पीएसजीले दोस्रो हाफमा गोल फर्काउन निकै प्रयास गर्यो। स्टार खेलाडीहरूले भरिएको पीएसजीले बोटाफोगोको रक्षापंक्तिलाई पटक-पटक चुनौती दिए पनि गोलरक्षक र डिफेन्डरहरूको उत्कृष्ट प्रदर्शनका कारण सफल हुन सकेन।































प्रतिक्रिया