कोची टस्कर्सलाई ५३८ करोड क्षतिपूर्ति तिर्न बीसीसीआईकाे नाममा आदेश

कोची टस्कर्सलाई ५३८ करोड क्षतिपूर्ति तिर्न बीसीसीआईकाे नाममा आदेश

केन्द्रबिन्दु
108
Shares

काठमाडाैं । कोची टस्कर्स केरला मुद्दामा बम्बई उच्च अदालतले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)लाई ठूलो झट्का दिएको छ ।

सन् २०११ मा कोची क्रिकेट प्राइभेट लिमिटेड (केसीपीएल)काे आईपीएल फ्रेन्चाइजी समाप्त भएकोमा केसीपीएललाई ३८५.५० करोड रुपैयाँ र रेन्डेभस स्पोर्ट्स वर्ल्ड (आरएसडब्ल्यू) लाई १५३.३४ करोड रुपैयाँ तिर्न बीसीसीआईकाे नाममा अदालतले निर्देशन दिएको हाे ।

सन् २०१० मा विवादास्पद रूपमा आईपीएलमा प्रवेश पाएको केसीपीएल र आरएसडब्ल्यूको स्वामित्वमा रहेको कोची फ्रेन्चाइजी (कोशी टस्कर्स केरला)ले सन् २०११ मा आफ्नो सुरुवात गरेको थियो । तर सह-मालिकहरू बीचको आन्तरिक विवादको कारण फ्रेन्चाइजीले सिजन अगाडि कुल फ्रेन्चाइजी शुल्कको १० प्रतिशत बैंक ग्यारेन्टी बुझाउन असफल भयो । २६ मार्च २०११ सम्ममा बैंकमा ग्यारेन्टी जम्मा गर्नुपर्ने थियो । बोर्डले लगभग ६ महिना पर्ख्यो, तर १५६ करोड रुपैयाँको सम्झौता रकम प्राप्त भएन । जसका कारण बीसीसीआईले १९ सेप्टेम्बर २०११ मा वार्षिक बैठकमा टोलीसँगकाे सम्झौता रद्द गरेपछि विवाद बढेकाे हाे ।

भारतको राष्ट्रिय कम्पनी कानून ट्रिब्युनल (एनएलसीटी)ले बीसीसीआईको गल्तीका कारण केसीपीएललाई ३८४ करोड भारुको नोक्सान भएको र आरएसडब्ल्यूलाई १५३ करोडको नोक्सान भएको बताएको थियो । अर्थात् ५३८ करोड भारुभन्दा बढीको कुल क्षतिपूर्तिको निर्णय गरिएको थियो, जसमा ब्याज र कानुनी खर्च पनि समावेश छ ।

कोची टस्कर्स आईपीएलको नवौं फ्रेन्चाइजी थियो । यसलाई सन् २०१० मा रेन्डेजभस स्पोर्ट्स वर्ल्ड कम्पनीले १५५५ करोड रुपैयाँमा किनेको थियो । वास्तवमा बीसीसीआईले २०११ मा आईपीएल टोलीहरूको संख्या ८ बाट बढाएर १० पुर्‍याएको थियो ।

बम्बई उच्च अदालतले बीसीसीआईलाई आफ्नो चुनौती खारेज विरुद्ध पुनरावेदन दायर गर्न एक हप्ताको समय दिएको छ । यदि निर्णय कायम रह्यो भने, यो बीसीसीआईको लागि एक महत्वपूर्ण कानुनी र आर्थिक धक्का हुनेछ, किनकि यसले मध्यस्थता निर्णयहरूको सम्मान गर्नुपर्नेछ र केसीपीएल र आरएसडब्ल्यूलाई पर्याप्त क्षतिपूर्ति तिर्नुपर्नेछ ।

Skip This
Skip This
Logo