काठमाडाैं । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपमा फराकिलो जित निकालेकाे छ ।
समूह ‘जी’ अन्तर्गतको महत्त्वपूर्ण खेलमा सिटीले युएईको अल-ऐन क्लबलाई ६-० को गोल अन्तरले पराजित गरेको हाे । खेलको सुरुदेखि नै सिटीले अल-ऐनमाथि दबाब बनाएको थियो।
आठाैं मिनेटमै म्यानचेस्टर सिटीका अनुभवी मिडफिल्डर इल्के गुन्डोगनले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए। गुन्डोगनले आफ्नो उत्कृष्ट फर्म जारी राख्दै दोस्रो हाफको ७३औँ मिनेटमा अर्को गोल थपेका थिए ।
युवा प्रतिभा क्लाउडियो एचेभरीले २७औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । हाफ टाइमको केहीअघि स्टार स्ट्राइकर एर्लिङ हालान्डले पेनाल्टी मार्फत गोल गरे।
दोस्रो हाफमा पनि म्यानचेस्टर सिटीले आफ्नो आक्रमणलाई निरन्तरता दियो। खेलको ८४औँ मिनेटमा ओस्कार बबले गोल गर्दै स्कोरलाई ५-० मा पुर्याए। त्यसपछि, खेल सकिन केही मिनेट बाँकी रहँदा ८९औँ मिनेटमा रेयान चेर्कीले अर्को गोल थपेर म्यानचेस्टर सिटीको ६-० को शानदार जित सुनिश्चित गरे।





























प्रतिक्रिया