हारका बाबजुत बोटाफोगो नकआउट चरणमा, एट्लेटिको बाहिरियो

हारका बाबजुत बोटाफोगो नकआउट चरणमा, एट्लेटिको बाहिरियो

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको म्याड्रिड २०२५ फिफा क्लब विश्वकपबाट बाहिरिने पहिलो ठूलो क्लब बनेको छ । समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा ब्राजिलियन क्लब बोटाफोगोलाई १-० ले पराजित गरे पनि गोलअन्तरका कारण एट्लेटिको प्रतियोगिताबाट बाहिरिन पुगेकाे हाे ।

समूह विजेता पेरिस सेन्ट-जर्मेन (पीएसजी) र बोटाफोगो भने राउन्ड अफ १६ मा प्रवेश गरेका छन्।

एट्लेटिकोलाई अगाडि बढ्नका लागि कम्तीमा तीन गोलको जित आवश्यक थियो। तर, एन्टोइन ग्रिजम्यानले खेलको ढिलो समयमा गरेको एक मात्र गोल पर्याप्त भएन।

यस हारसँगै एटलेटिको, पीएसजी र बोटाफोगो तीनै टोलीको समान ६ अंक भएको छ । तर, खराब गोलअन्तरका कारण एट्लेटिको समूहमा तेस्रो स्थानमा रहँदै घर फर्कन बाध्य बनेकाे हाे ।

Skip This
Skip This
Logo