काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन् ।
पहिलो सिजनमा लुम्बिनीका मार्की प्लेयरसमेत बनेका रोहितलाई दोस्रो संस्करणमा लुम्बनीले निरन्तरता दिने भएको हो । रिटेन गरेका खेलाडीहरुको सूची सार्वजनिक नगरेपनि लुम्बनीले फेसबुकमा फोटो राख्दै गर्दै रोहितको फोटो देखाएर अरु ५ जना को(को रिटेन होलान् ? भनेर पोष्ट गरेको छ ।
लुम्बिनीको टोलीमा सन्दिप जोरा, विवेक यादव, सूर्य तामाङ, अर्जुन साउद, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अभिशेष गौतम, दिनेश अधिकारी, विकास आग्री लगायत खेलाडीले खेलेका थिए । यी नै खेलाडीबाट रोहित अनि अन्य ५ जना रिटेन हुनेछन् ।





























प्रतिक्रिया