इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखलाको पहिलो खेलमा भारतकाे हार

इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखलाको पहिलो खेलमा भारतकाे हार

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । ऋषभ पन्तकाे लगातार दुई शतकका बाबजुत भारतले इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखलाको पहिलो खेलमा हार व्यहाेरेकाे छ ।

हेडिङ्लेमा भएको पहिलो टेस्टको अन्तिम दिन बेन डकेटको शानदार १४९ रनको मद्दतले इंग्ल्यान्डले ३७१ रनको विशाल लक्ष्य पछ्याउँदै भारतलाई ५ विकेटले पराजित गरेको हाे । यो क्रिकेट इतिहासकै सबैभन्दा ठूला रन चेजमध्ये एक हो ।

डकेटले ओपनर जाक क्राउलीसँग पहिलो विकेटका लागि १८८ रनको सानदार साझेदारी गरे। क्राउलीले संयमित ६५ रन बनाएका थिए। क्राउली ४२ रनमा हुँदा र डकेट ९७ रनमा हुँदा क्याच ड्रप भएको थियो, जसको फाइदा इंग्ल्यान्डले उठायो।

बेन स्टोक्स र जो रुटले इंग्ल्यान्डलाई भारतको बढ्दो दबाबबीच जित दिलाए । जो रुट ५३ रनमा अविजित रहे भने स्टोक्सले ३३ रन तथा जेमी स्मिथले ४४ रन बनाए।

अब दाेस्राे टेस्ट जुलाई २ सुरु हुनेछ ।

Skip This
Skip This
Logo