जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ ।

गए राति सम्पन्न खेलमा छैटौँ चरणको खेलमा नेपालले श्रीलङ्कालाई २। "/>

११५औँ बरियताको श्रीलङ्कामाथि नेपालको सहज जित

११५औँ बरियताको श्रीलङ्कामाथि नेपालको सहज जित

केन्द्रबिन्दु
0
Shares

जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ ।

गए राति सम्पन्न खेलमा छैटौँ चरणको खेलमा नेपालले श्रीलङ्कालाई २।५–१।५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ । नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा ११८औँ स्थानमा रहेको नेपालले ११५औँ बरियताको श्रीलङ्कामाथि जित निकाल्दा रिजेन्द्र र नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ विजयी भए ।

यसैगरी महिलातर्फ छैटौँ चरणको खेलमा नेपालले प्यालेस्टाइनसँग २–२ को बराबरी खेल्दै अङ्क बाँडेको छ । छैटौँ चरणमा नेपालका मोनालिसा खम्बू र सुजना लोहनी विजयी भएका हुन् । सिन्दिरा जोशी र खुश्बु थापा भने पराजित भए । रासस

Logo