काठमाडौं । वेस्ट इन्डिजविरुद्ध अष्ट्रेलिया टेस्ट शृंखलाको पहिलो दिन अष्ट्रेलिया केवल १८० रनमै अलआउट भएको छ ।
बार्बाडोसमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले १८० रन बनाएर फर्किएको थियो। अष्ट्रेलियाका ट्राभिस हेडले ५९ रन बनाए पनि पछि अन्य ब्याटले लय पकड्न सकेनन् । उस्मान ख्वाजाले ४७ रन, कप्तान प्याट कमिन्सले २८ रन र ब्यू वेबस्टरले ११ रनमै समेटिए ।
वेस्ट इन्डिजका जेडेन सिलले ६० रन दिएर ५ विकेट लिए ।
जवाफी ब्याटिङ थालेको वेस्ट इन्डिजको पनि सुरुवात राम्रो हुन सकेन । पहिलो दिनको अन्त्यमा वेस्ट इन्डिजले ४ विकेट गुमाएर केवल ५७ रन बनाउन सक्यो । वेस्ट इन्डिजका दुवै ओपनर ब्याट्सम्यान क्रेग ब्राथवेट र जोन क्याम्पबेल क्रमशः ४ र ७ रन बनाएपछि मिचेल स्टार्कको बलमा आउट भए । केसी कार्टीले राम्रो खेलिरहेका थिए तर प्याट कमिन्सले २० रनमा उनको विकेट लिए र अर्को ओभरमा जोमेल वारिकनलाई जोश हेजलवुडले शुन्य रनमा आउट गरे ।
क्रिजमा बार्डन किङ २३ रन र रोस्टन चेस १ रनसहित छन् ।





























प्रतिक्रिया