काठमाडौं । साउदी अरेबियाको क्लब अल-हिलाल फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘एच’ को तेस्रो तथा अन्तिम खेलमा मेक्सिकन क्लब पाचुकालाई २-० गोल अन्तरले पराजित गर्दै अल-हिलालले अन्तिम १६ मा स्थान पक्का गरेकाे हाे । अल-हिलालका लागि खेलको २२ औं मिनेटमा सालेम अलदवसारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको अतिरिक्त समयमा मार्कोस लियोनार्डोले अर्को गोल थप्दै अल-हिलालको २-० को जित सुनिश्चित गरे।
पाचुकाले गोल फर्काउन निकै प्रयास गरे पनि सफल हुन सकेन।





























प्रतिक्रिया