ब्याटिङ चम्किँदा नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य, प्रसिद्धको शतक

ब्याटिङ चम्किँदा नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य, प्रसिद्धको शतक

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । नेपालले एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत इन्डोनेसियाविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रनको विशाल योगफल खडा गरेको हो । नेपालका लागि ओपनर प्रसिद्ध जैशीले ११४ बलमा १३२ रनको उत्कृष्ट शतकीय पारी खेले। यस्तै, रौनक श्रीवास्तवले ८८ बलमा ८७ रन, परिमार्जन यादवले २८ बलमा ७१ रन र जोय थापाले ४१ बलमा ५७ रनको अर्धशतकीय योगदान दिए ।

इन्डोनेसियाका बलरहरू आई केतुत दर्मा पुत्रपीले २ विकेट लिए भने रायहान रिजा अथैला के, महेन्द्र अजी युदा प्रतामा र कविन नीरज चड्डाले समान १-१ विकेट लिए।

Skip This
Skip This
Logo