श्रीवास्तवको शतकमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य

श्रीवास्तवको शतकमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य

केन्द्रबिन्दु
129
Shares

काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी मेन्स यु-१६ अन्तर्गत आफ्नो चौथो खेलमा भुटानलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

सिलेगंर ट्रफ क्लबमा कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेपछि मैदानमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन जोडेको हो । नेपालका लागि रौनक श्रीवास्तवले सानदार शतकीय पारी खेले । उनले १३२ बलमा १६८ रन प्रहार गरे । उनको शतक नै नेपालको विशाल स्कोरको मुख्य आधार बन्यो।

त्यसैगरी, जोय थापाले ६७ बलमा ६१ रन जोड्दा विकेटकिपर ब्याट्सम्यान शिवंश बजगाईंले ५२ बलमा ५४ रनको अर्धशतकीय पारी खेले। यस्तै, सुगम बुढाथोकीले ३३ बलमा ३५ रनको महत्त्वपूर्ण योगदान दिए।

भुटानका बलरहरूमध्ये साङ्गे दोर्जीले १० ओभरमा ७० रन खर्चेर ३ विकेट लिए।

समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगिसकेको नेपाल यसअघिका तीनै खेलमा अपराजित छ । पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो। प्रतियोगिताको फाइनल असार २१ मा हुनेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।

Skip This
Skip This
Logo